सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीन सँग कुनै प्रकारको सीमा सुरक्षा सम्बन्धी समस्या छैन : परराष्ट्र मन्त्रालय

1.31K
shares

काठमाडौं । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले उत्तरी छिमेकी चीन सँग कुनै प्रकारको सीमा सुरक्षा सम्बन्धी समस्या नरहेको बताएकी छन् । बिहीबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लम्सालले उक्त जानकारी गराएकी हुन् । लम्सालले नेपाल–चीन गृह सचिवस्तरीय बोर्डर टास्कफोर्सको बैठक सम्पन्न भएको जानकारी दिँदै भनिन्, ‘चीन सँग कुनै प्रकारको सीमा सुरक्षा सम्बन्धी समस्या छैन । बैठकमा सीमामा भएका गतिविधि बारे सूचनाको आदान प्रदान गर्ने काम भयो ।’

यस्तै परराष्ट्र मन्त्रालयले नेपाल र अमेरिका बीच दौत्य सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको अवसरमा द्विपक्षीय भ्रमण आदानप्रदान बढेको जानकारी दिएको छ । लम्सालनका अनुसार उच्चस्तरमै भ्रमण गराउन पहल भइरहेको भएपनि ठोस् निष्कर्षमा पुगिनसकेको जानकारी दिइन् । उनले अमेरिकी उपसहायक विदेशमन्त्री केली काइडरलिंगले १९ देखि २१ अप्रिल सम्म तीन दिने र २२ अप्रिल बाट सिनेटर किस्र्टन जिलीब्रान्डको नेतृत्वमा ६ सदस्यीय अमेरिकी उच्चस्तरीय संसदीय टोलीले भ्रमण गरेको विषयमा जानकारी प्रवक्ता लम्सालले गराइन् ।

त्यस्तै नेपाल भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको प्रगतिको सराहना गरेको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार भ्रमणका क्रममा डा. टेड्रोसले नेपालले संविधानमै स्वास्थ्यलाई मौलिक हकका रूपमा व्यवस्था गरेको र स्वास्थ्य लगायत पूर्वाधार विकासमा गरेको प्रगतिको उच्च प्रशंसा गरेका थिए । प्रवक्ता लम्सालले भनिन्, ‘भूकम्प पछि निर्माण भएको स्वरूप बाट उहाँ प्रभावित हुनुभयो । भ्याक्सिनमा डब्ल्यूएचओको मापदण्ड अनुसार गरेको प्रगतिको पनि सराहना गर्नुभयो ।’

बिमस्टेकको ऊर्जामन्त्रीस्तरीय बैठक भर्चुअल माध्यम बाट काठमाडौंमा सम्पन्न भएको छ । मन्त्रालयका अनुसार बैठकको अध्यक्षता उर्जामन्त्री पम्फा भुसालले गरेकी थिइन् । लम्सालले बैठकमा सदस्य राष्ट्रबीच अन्तर आबद्धता, ऊर्जा साझेदारीमा जोड, सहयोग आदानप्रदान, भारतको बैंगलोरमा स्थापना हुने विमस्टेक उर्जा केन्द्र शिघ्र सञ्चालन लगायत विषयमा छलफल भएको थियो । साथै, ऊर्जामन्त्री पम्फा भुसाल बीबीआईएन फोरममा सहभागी हुन बंलादेश भ्रमणमा रहेको जानकारी पनि परराष्ट्र मन्त्रालयले दिएको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयको काम समेत अगाडि बढिरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले राष्ट्रपति भण्डारीले चीनमा हालै सम्पन्न बोआओ फोरमलाई सम्बोधन गरेको र सोही क्रममा कोभिडमा प्राप्त भएको सहयोगको प्रशंसा गरेको जानकारी गराइन् । परराष्ट्रले विद्युतीय राहदानी सेवा प्रवाहलाई व्यवस्थित बनाइएको भन्दै निकट भविष्यमा सबैतिर बाट सुरू गर्ने गरि काम भइरहेको जानकारी दिएको छ । अहिले हवाई यातायात सहज भएको ठाउँमा दुई हप्ता भित्र दिइरहेको मन्त्रालयको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports