सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पोखरामा बागी उम्मेदवारी दिएका कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिए

832
shares

काठमाडौं ।पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । यसअघि मेयरमा उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन फिर्ता लिएका हुन् ।

मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन सांकेतिक विद्रोह गरेको तर आफूहरुको कारणले राष्ट्रको स्थिति असहज हुने देखेर फिर्ता लिएको बताए । त्यस्तै तिवारीले भने कांग्रेसको इमान्दार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताए ।

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । तर कांग्रेस बाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले उम्मेदवारी फिर्ता लिइसकेका छैनन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports