२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख र १ जना उपप्रमुखका उम्मेदवार सहित ८० जनाले उम्मेदवारी फिर्ता लिए

1.12K
shares

रुकुम। रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख र १ जना उपप्रमुखका उम्मेदवार सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले जानकारी दिए । त्यस्तै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वीरबल केसी, एमालेका तर्फ बाट नगरप्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपा बाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका तर्फ बाट उम्मेदवार दिएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिएका छन् ।

उता काँग्रेस बाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports