नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै केशव स्थापितलाई कारबाही गर्न माग

520
shares

काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्त प्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमाले बाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाही गर्न माग गरेका हुन् ।

‘…‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषण विरूद्धको हक र सामाजिक न्यायको हक विरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ ।

केशव स्थापितलाई ‘मी टू’ आरोप लागेको छ । तर, स्थापितले भने आरोपबार उत्तेजक प्रतिक्रिया दिदै आएका छन् । सोही विषयमा प्रश्न गर्दा एक सार्वजनिक कार्यक्रममै प्रश्नकर्तालाई उनले अपमानजक शब्द प्रयोग गर्दै जंगिएका थिए । उनको अभिव्यक्तिको एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत बचाउ गरेका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports