प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाबाट उम्मेदवारी दिने २ पूर्व वडाध्यक्षलाई कांग्रेसले गर्यो कारबाहि

507
shares

काठमाडौं ।नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टी बाट उठ्ने २ जनाको साधारण सदस्यता खारेज गरेको छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारबाही गरी उनीहरुको साधारण सदस्यता समेत खारेज गरिएको हो ।

राप्रपा बाट वडा अध्यक्ष उम्मेदवार बनेका धरान १ का निवर्तमान वडा अध्यक्ष रोशन अधिकारी र राप्रपा बाटै वडा अध्यक्ष उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडा अध्यक्ष कृष्ण भट्टराईलाई कारबाही गरिएकाे कांग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले जानकारी दिए ।

उनीहरुले पार्टीको आदर्श, सिद्धान्त र नीति तथा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टी उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका कारण अनुशासनको कारबाही गरिएको उनको भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports