प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब द्धन्द्ध पिडित पत्रकारका परिवारले भत्ता पाउने

533
shares

काठमाडौं ।सरकारले द्वन्द्वमा परि ज्यान गुमाएका पत्रकारका परिवारलाई मासिक भत्ता दिने भएको छ । सूचना तथा प्रशारण विभागले जेष्ठ पत्रकार, द्वन्द्व पीडित पत्रकार र द्वन्द्वमा मारिएका पत्रकारका परिवारलाई भत्ता दिने निर्णय गरेको हो ।

विभागले वैशाख १५ गते सूचना प्रकाशन गरि मापदण्ड भित्र परेका र ज्यान गुमाएका पत्रकारका परिवार सँग जेठ २३ गते भित्र लिखित निवेदन माग गरेको छ । पत्रकार वृत्तिकोष तथा सञ्चालन निर्देशिका, २०७५ तथा पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८ बमोजिम निवेदन माग गरिएको हो । विभागका अनुसार निवेदन सँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, ३० वर्ष सम्म निरन्तर पत्रकारिता गरेको पुष्टि हुने कागजात समावेश गर्नुपर्ने छ ।

त्यसैगरी, संघीय इकाइका तीनै तह बाट कुनै पनि प्रकारको आर्थिक तथा भौतिक सहयोग प्राप्त नगरेको सिफारिसपत्र, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय वा जिल्ला शाखाको सिफारिसपत्र, कुनै प्रकारको सेवा सुविधा प्राप्त नगरेको भनि स्वःघोषणा पनि गर्नुुपर्नेछ । द्वन्द्व पीडित पत्रकारको हकमा द्वन्द पीडित पहिचान खुल्ने प्रमाणपत्र र सूचना तथा प्रसारण विभाग बाट जारी भएको प्रेस प्रतिनिधि प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports