kumari
stcnepal

नेप्से परिसूचक ४८ अंकले घट्यो

काठमाडौं ।आज सातामो दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ४८ दशमलव ७३ अंकले घटेर २,३०७ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८७ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२८ वटा कम्पनीको ३९ करोड ७८ लाख ०७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनियन हाइड्रोपावर कम्पनीको ३ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

 

footer