प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त

546
shares

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७औं बैठकको निर्णयले जोशीलाई महानिर्देशक नियुक्त गरेको हो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमुलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको बताए । नवनियुक्त महानिर्देशक बाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने उनको विश्वास छ । नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यमा पर्ने समस्या समाधानमा सहजीकरण गर्नेतर्फ ध्यान दिने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्ष देखि विभिन्न जिम्मेवारीमा सक्रिय छन् । उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरिसकेका छन् । अन्तर्राष्ट्रिय रूपमा ’च्यान्पिएन्स इन च्यालेन्ज’ र ’पर्यटन हिरो’ जस्ता सम्मान बाट सम्मानित भएका जोशी बाट परिसंघका उद्देश्य अनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघले लिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports