प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब क्रेडिट कार्ड बाट वालेटमा लोड गरेको रकम झिक्न र बैंक खातामा ट्रान्सफर गर्न नपाइने

559
shares

काठमाडौं ।अब क्रेडिट कार्ड बाट वालेटमा लोड गरिएको रकम नगद झिक्न र बैंक खातामा रकम ट्रान्फसर गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७८ मा संशोधन/थप गर्दै सोमबार यस्तो निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार क्रेडिट कार्ड बाट नगद कारोबार गर्न पाइँदैन ।

तर, अत्यावश्यक भएको समयमा कार्डको स्वीकृत सीमाको १० प्रतिशत सम्म नगद झिक्न बाधा पुगेको मानिदैन । क्रेडिट कार्ड बाट वालेटमा लोड गरिएको रकम भने वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ । यो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्ने भएको छ ।

उता, विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अध्यावधिक गर्दा ‘पेश गरेको विवरण साँचो रहेको तथा सो विवरण झुटो हठरिएमा कानुन बमोजिम सहुँला/बुझाउँला’ भन्ने बेहोराको विद्युतीय रुपमा स्वघोषणा गर्न लगाउनु पर्ने भएको छ ।

विद्युतीय वालेटमा रकम लोड गर्दा एक वालेट बाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनु पर्ने नियम समेत नेपाल राष्ट्र बैंकले ल्याएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports