प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बर्षायाममा मेलम्चिको पानी काठमाडौंमा नआउने, यसरी जनतालाई झुक्याईदै

663
shares

काठमाडौं ।मनसुन सक्रिय भएपछि मेलम्ची खानेपानी आयोजना बाट पानी ल्याउन रोकिने भएको छ । गत ११ वैशाख बाट सरकारले सिन्धुपाल्चोक स्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा पुनः मेलम्चीको पानी वितरण थालेको थियो ।अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले वर्षायाममा सुरुङमा हुनसक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिने भएको हो । मेलम्ची खानेपानी विकास समितिका एक अधिकारीका अनुसार लगातार वर्षात हुन थाल्ना साथ सुरुङको ढोका बन्द गरिने छ । मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदो सहितको बाढीको जोखिम टरेको छैन ।

‘मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं आउँदैन,’ ती अधिकारीले भने,’मेलम्चीको माथिल्लो तटीय क्षेत्रमा रहेको जोखिमका कारण वर्षायाममा सुरुङ बन्द गर्नैपर्छ ।’१ असार २०७८मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर अहिले मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको छ । बालुवा थिग्र्याउन बनाएको संरचना समेत बाढीले पुरेकाले बाढी आएको समयमा खुला राखेमा सुरुङ नै ‘कोल्याप्स’ हुने जोखिम हुन्छ ।मेलम्ची खानेपानी आयोजनाका प्रमुख बासु पौडेल नाकोटेमा बाढीको तह जाँच गर्ने प्रविधि जडान गरिएको बताउँछन् । उनका अनुसार सो संयन्त्रले नदीमा पानीको सतह नाप गरेर खतराको तह पार गरेको सूचना दिन्छ । तर, सो संयन्त्रमा नै भर पर्न सकिने अवस्था भने नरहेको उनले स्वीकारे । उनले जसरी भएपनि सुरुङलाई सुरक्षित राखिने बताए । ‘सुरुङमार्गमा बाढीले असर पर्न दिदैँनौ,’ उनले भने,’के-के गर्नुपर्छ, त्यो अवश्यनै गर्छौं ।’

बढी आएको अवस्थामा सुरुङ बन्द गर्नुपर्ने आयोजनाका प्राविधिकहरु बताउँछन् । मेलम्चीमा बाढी आउन सुरु गरेपछि सुरुङको मुख बन्द गरेर त्यहाँबाट प्राविधिकहरु फर्किनुपर्नेछ ।‘बाढी आउन थालेपछि बन्द हुने सुरुङ तिहारपछि खोल्न सकिन्छ,’ ती प्राविधिकले भने,’वर्षामा सुरुङ बन्द राखियो भने वर्षमा कम्तिमा ८ महिना पानी खुवाउन सकिन्छ ।’ आयोजनाका अनुसार अहिले एशियाली विकास बैंक (एडीबी)ले मेलम्चीको माथिल्लो तटीय क्षत्रे र मुहानस्थलको अवस्था बारे अध्ययन गरिरहेको छ । एडीबीको प्रतिवेदन अनुसार नै आयोजनालाई सुरक्षित राख्ने गरी स्थायी निर्माणको काम सुरु हुनेछ ।

१ असारमा सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । त्यसपछि निरन्तर आएको बाढीले बगाएर ल्याएको गेग्र्यानले डाइभर्सन सुरुङ र दुई वटा अडिट टनेलको मुख थुनेको थियो । ठेकदार कम्पनी सिनो हाइड्रोले बाहिरी भागमामा ढुङ्गा, माटो, बालुवा गिट्टी सहितको गेग्र्यान हटाउने काम गरेको थियो । बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क्स’का संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । हेडवर्क्समा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ बनाउनुपर्ने हुनसक्छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports