२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपी नियुक्ती बिरुद्धको रिट आज देखी सुनुवाई हुने

780
shares

काठमाडौं ।आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए । उनको तर्फ बाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्च अदालतमा गएकी थिइन् । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो। सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो ।


सिंह भन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आईजीपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् । आईजीपी नियुक्ती बारे सर्वोच्चमा परेको रिटमा आएको आदेश हेर्दा सरकारी निर्णय कमजोर देखिन्छ।

वरिष्ठता, कार्यकुशलता, कमान्ड सम्हाल्ने क्षमतालाई बढुवाको आधार बनाउन सक्ने भए पनि कारण विना बरीयतामा तल माथि रहेकालाई नियुक्ति दिन नहुने यस अगाडिका फैसलामा अदालत बोलेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports