काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन माधव नेपालको आग्रह
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १७:२५
shares

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकामा संयुक्त रुपमा चुनावी अभियान चलाउन आग्रह गरेका छन् । सत्ता गठबन्धनमा भाएको भागवण्डा अनुसार कांग्रेसकी सिर्जना सिंहले मेयर र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उपमेयरको उम्मेदवार छन् । तर वडा तहमा तालमेल नभएका कारण संयुक्त चुनावी अभियान सञ्चालन हुन सकेको छैन ।
शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘संयुक्त रुपमा अगाडि बढ्नुस् । नभए तरंग पैदा गर्न सकिंदैन ।’ वडा तहमा तालमेल हुन नसकेकोमा असन्तुष्टि जनाए । कुनै वडामा एउटा त कुनैमा दुइटा पार्टीको मात्र तालेमल भएको भन्दै उनले भने, ‘मिलाउनै पर्थ्यो, मिलाउन सकेनौं ।


































