linktrix Long Ad
Salt Trading Long Ad

गृह मन्त्रालयको डीआईजी वसन्तकुमार लामालाई एआईजीमा बढुवा गर्न सिफारिस

949
shares

काठमाडौं ।गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।शुक्रबार बसेको बढुवा समितिको बैठकले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस माथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली थियो । रिक्त दरबन्दी मध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजीमा बढुवा भएका लामाले उमेरहदका कारण ८ जेठमा अवकाश पाउनेछन् ।

क्षेत्री सँगै एआईजीहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले अवकाश पाएपछि चार वटा एआईजीको दरबन्दी खाली थियो । धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भयो । रिक्त अन्य दरबन्दीमा चाहिँ गृह मन्त्रालयले बढुवा प्रक्रिया अघि बढाएको छैन । हाल प्रहरीमा प्राविधिक बाहेक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक गरी तीन एआईजी छन् ।

उनीहरु मध्ये पोखरेल आईजीपी बढुवा असन्तुष्टि जनाउँदै अदालत गएका छन् र एक महिनालाई विदामा छन् । थापाले पनि अदालत जाने तयारी गरेका थिए, तर गृहमन्त्री बालकृष्ण खाण सँग भेट गरेपछि उनी नियमित काममा फर्किएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports