२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुरामा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप

806
shares

बाजुरा ।बाजुराको बुढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा एकीकृत समाजवादी पार्टी र नेपाली कांग्रेसका कार्यकर्ता बीच झडप भएको छ ।

झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको विषयमा विवाद हुँदा दुई पक्षबीच झडप भएको बाजुराका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए ।

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई लात्ताले हिर्काएको विषयमा विवाद झडपमा परिणत भएपछि समाजवादीका कार्यकर्ता गुहार माग्दै अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा पुगेका थिए । बोगटीले भने, ‘कांग्रेस कार्यकर्ताको तुलनामा समाजवादीका कार्यकर्ता थोरै संख्यामा रहेछन् । विवादले उग्ररुप लिएपछि उनीहरु अस्थायी प्रहरी पोस्ट पान्डुसेनमा गुहार माग्न पुगेका रहेछन् । तर अर्को समूहले उनीहरुलाई प्रहरी कार्यालय बाहिर आउने दबाव दिंदै प्रहरी चौकीमा नै आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्याँस नै प्रहार गर्नुपर्ने अवस्था आयो ।’

झडपमा समाजवादीका दुई जना, नेपाली कांग्रेसका ३ जना र प्रहरी तर्फ १० जना घाइते भएको उनले बताए । स्थिति नियन्त्रणमा लिन जिल्ला बाट थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल तर्फ गइसकेको उनले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports