kumari
stcnepal

शेर्पाले आफ्नै रेकर्ड तोडे

काठमाडौं ।कीर्तिमानी आरोही कामी रीता शेर्पाले २६ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । शनिबार साँझ उनीसहितको १० जनाको टोलीले ८८४८.८६ मिटर अग्लो सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।


कामी रीता सेभेन समिट ट्रेकको वरिष्ठ आरोही गाइडका रुपमा कार्यरत छन् । उनले पहिलो पटक मेइ १३, १९९४ मा सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनले एकै सिजनमा ४ पटक  सम्म सगरमाथाको आरोहण गरेका छन् । उनले शनिबार बनाएको यो आफ्नै कीर्तिमानी रेकर्ड हो ।

 

 

footer