२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति कार्यालय बाट अधिवेशन आह्वानको सूचना भन्दा पहिले दुई वटा अध्यादेश जारी

975
shares

काठमाडौं ।सरकारले संघीय संसदको अधिवेशन आह्वान सिफारिस गरेकै दिन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । तर, राष्ट्रपति कार्यालय बाट अधिवेशन आह्वानको सूचना भन्दा पहिले दुई वटा अध्यादेश जारी भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसदीय व्यवस्थामा अधिवेशन नभएको समयमा अध्यादेश जारी गर्ने अभ्यास छ । नेपालले पनि यो अभ्यास अपनाउँदै आएको छ र कानुनले पनि संसद नभएको बेला अत्यावश्यक पर्दा सरकारले अध्यादेश ल्याउने छुट दिएको छ । तर, सरकारले कानुनले दिएको छुटको दुरुपयोग गरेको संसदीय मामलाका जानकारहरु बताउँछन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports