जेष्ठ ३ गते संसदको बैठक आव्हान, एमालेले अब के गर्ला
वि.सं.२०७९ वैशाख २५ आइतवार २०:३९
shares

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन जेठ ३ गते दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।
जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि हुने पूर्वबजेट छलफल, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र छलफलका लागि संसदको अधिवेशन आह्वान गरिएको हो ।




































