२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलाई चुनाव पर्यवेक्षक बनाउन आयोगद्वारा अस्वीकार

832
shares

काठमाडौँ – निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई स्थानीय तहको चुनावमा पर्यवेक्षकको रुपमा खटाउन अस्वीकार गरेको छ।

२०७० को संविधानसभा सदस्य र २०७४ मा तीन तहको चुनाव गराउँदा प्रमुख आयुक्त रहेका यादवले अहिले पर्यवेक्षक बनाउन आयोगले नमानेको हो।

माओवादी केन्द्रको निर्वाचन विभाग सदस्य रहेका कारण यादवले विशेष पर्यवेक्षकका बन्न दिएको निवेदन आयोगले अस्वीकृत गरेको हो। आयोगले स्रोतले भन्यो, ‘दल विशेषको विभागमा रहेको व्यक्तिलाई हामीले पर्यवेक्षकका रुपमा खटाउन सक्दैनौँ।’

यादवले आयोग बाट अवकाश पाउने बित्तिकै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सहभागी हुदै आएका छन्।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports