kumari
stcnepal

कर्मा छिरीङलाई गणेश थापाको चुनौति, मलाई लगाईएको आरोप पुष्टि गर्नुहोस

काठमाडौं ।गणेश थापाले कर्मा छिरिङ शेर्पाले आफू विरुद्ध लगाएका आरोप पुष्टि गर्नुपर्ने नत्र उनलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । शेर्पाले लगाएकै आरोपका कारण आफूलाई फिफाले प्रतिबन्ध लगाएको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गर्न नसकेको भन्दै थापाले एन्फाका वर्तमान अध्यक्षलाई आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।

‘कर्माले म विरुद्ध लगाएका एउटा मात्र आरोप प्रमाणित गरुन्, म जिन्दगी भर फुटबल बारे बोल्दिन’, बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने । आफू विरुद्ध लगाएका आरोपका कारण व्यक्तिगत र पारिवारिक रूपमा यातना भोग्दै आएको दाबी गर्दै उनले भने— कहिलेकाहीँ जीवन नै अन्त्य गरौँ की भन्ने कुरा पनि मनमा आउँछ ।

उनले भने- मलाई बिन हमाम सँग पैसा लिएको भन्ने आरोपमा फिफाले कारबाही गरेको हो । कर्माले लगाएका आरोपमा त्यसको कुनै सम्बन्ध छैन । तर कर्माले मलाई ५८ करोड रुपैयाँ भष्ट्रचार गरेको आरोप लगाएका छन् । मेरा भावी सन्तानले यो कुरा सुने भने मलाई के भन्लान् ? त्यसैले कर्माले पुष्टी गर्नुपर्छ । फिफाले थापालाई १० वर्ष प्रतिबन्ध लगाएको थियो ।उनले आफूलाई फिफाले कारबाही गरेको विषय र कर्माले लगाएका आरोपका विषय फरक रहेको दाबी गरेका छन् ।

 

footer