विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अबको दुई दिनभित्र नयाँ सरकार गठन नभए देशको अर्थतन्त्र ध्वस्त हुने श्रीलंकाका गभर्नरको चेतावनी

624
shares

एजेन्सी ।श्रीलंकाका गभर्नरले अबको दुई दिन भित्र नयाँ सरकार गठन नभए देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा दिएको र राष्ट्रपति गोटाबाय राजपाक्षेको पनि राजीनामा माग गर्दै प्रदर्शन भइरहेका बेला गभर्नर नन्दलाल विरासिङ्गेले दुई दिन भित्र नयाँ सरकार गठन नभए श्रीलंकाको अर्थतन्त्र उद्धार गर्नै नसक्ने गरी ध्वस्त हुने चेतावनी दिएका एएफपीले जनाएको छ ।

यसैबीच, श्रीलंकामा हिजो पनि कर्फ्यु आदेश जारी भएको छ । हिंसात्मक प्रदर्शन र आगजनी जारी रहेपछि कर्फ्यु थप गरिएको बीबीसीले जनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी माथि सरकार समर्थित समूहले आक्रमण गरेपछि प्रदर्शनकारी हिंसा तथा आगजनीमा उत्रिएका थिए ।

सुरक्षाकर्मीलाई कर्फ्यु आदेश उल्लंघन गर्नेमाथि गोली चलाउन आदेश दिइएको छ । विदेशी मुद्राको अभावका कारण श्रीलंकामा इन्धन, खाद्य वस्तु, औषधी लगायतको अभाव र मूल्यवृद्धिले जनजीवन कष्टकर बनेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports