पर्यटनमन्त्री आलेलाई २४ घण्टे स्पस्टिकरण सोध्यो आयोगले
वि.सं.२०७९ वैशाख २९ बिहीवार ०७:३६
shares

काठमाडौं ।निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै मन्त्री आलेलाई आयोगले स्पष्टीकरण सोधेको हो ।
डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको व्यहोरा सहितको उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफा विरुद्ध हुने गरी के कसो भएको हो ? कारबाही किन गर्नु नपर्ने हो ? भन्ने प्रश्न सहित स्पष्टीकरण मागेको छ।



































