दार्चुलामा मतदान गरि फर्किएका एक बृद्धको निधन
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १४:०४
shares
दार्चुला ।दार्चुलामा मतदान गरेर फर्किएका एक बृद्धको निधन भएको छ । महाकाली नगरपालिका-४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको निधन भएको स्थानीय एमाले नेता ज्ञानेन्द्र घर्तीले जानकारी दिए ।
सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेर फर्किने बेला बुढाथोकीको निधन भएको उनले बताए ।



































