बझाङमा एमाले र गठबन्धन कार्यकर्ता बीच झडप, प्रहरीले ३ राउन्ड हवाई फायरिङ गर्यो
वि.सं.२०७९ वैशाख ३० शुक्रवार १४:१७
shares

बझाङ ।बझाङमा एमाले र गठबन्धन कार्यकर्ता बीच झडप भएको छ। जयपृथ्वी नगरपालिका-७ मा रहेकाे मतदानस्थलमा सुनिपिपल चौर माविमा झडप भएको हाे। मतपेटिका फुटाएपछि नेकपा एमाले र गठबन्धनका कार्यकर्ता बीच झडप भएको प्रहरीले जनाएको छ।
तनावग्रस्त अवस्था भएपछि नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायरिङ गरेको छ।यसैगरी जिल्लाकाे केदारस्युँ-४ जगन्नाथ मावि ‘ख’ केन्द्रमा पनि झडप भएको छ। मतदाता बीच झडप हुँदा मतदान रोकिएको छ।


































