kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

काठमाडौं ।अहिले देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मधेश प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही प्रदेशनं. १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो प्रदेश नं. १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैगरी, राति प्रदेश नं. १ लगायत देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ । प्रदेश नं. १, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

 

footer