दाहाल–नेपाल एक मत ओली एक पद छोड
वि.सं.२०७७ मंसिर ११ बिहीवार १६:०३
shares
काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व घट्नुको बदला बढ्दै गएको छ । पार्टीका दुवै अध्यक्षबीचमा आएको तिक्तताले गर्दा पार्टी नै विभाजनको अवस्थामा पुगेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालबीचमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छोड्नैपर्ने अडान लिएका छन् । दाहाल र नेपालबीचमा यदि ओलीले प्रधानमन्त्री पद छोडेको खण्डमा दाहाल नै प्रधानमन्त्री बन्ने र अध्यक्ष पद छोडेको खण्डमा नेपाललाई अध्यक्ष बनाउने दुई नेताबीचमा भद्र सहमति भएको छ । दुई नेताबीचमा त्यस्तो सहमति भएपनि अध्यक्ष एवं प्रधानमन्त्री ओली भने आउँदो महाधिवेशनसम्म दुवै पद नछोड्ने र महाधिवेशन पछि आफू प्रधानमन्त्री र अध्यक्ष नहुने बताइरहेका छन् ।
पार्टीभित्रको आन्तरिक विवादले अग्ररुप लिईरहेको बेला अध्यक्ष दाहाल कार्तिक २८ गते पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्तावलाई लिएर आन्तरिक द्वन्द्वलाई आगोमा घिऊ थप्ने काम गरेको छ । दाहाल नेपाल पक्षले दाहालले पेश गरेको प्रस्तावलाई ओली पक्षले आरोपको दस्तावेज भनिरहेका र उनीहरुले उक्त आरोपपत्र दाहालले फिर्ता लिनुपर्ने माग गरिरहेको भपनि दाहाल पक्ष त्यसलाई अस्वीकार गरिरहेको छ । दाहाल पक्षले पार्टीको लेटर प्याड नै प्रयोग गरेर दाहालले सचिवालयमा दर्ता गरेको प्रस्तावलाई छपाई गरी पार्टीका तल्लो तहमा पठाईसकेका छन् ।
पार्टीको विधान र सहमति भएअनुसार दुवै अध्यक्षको सहमतिमा मात्र प्रस्तावहरु पेश गर्न सकिने उल्लेख भएपनि दाहालले एकलौटी रुमपा प्रस्ताव पेश गरेका र त्यसलाई ओली पक्षले त्यो प्रस्ताव प्रस्तावका रुपमा नभएर आरोपपत्रका रुपमा लिएको हुनाले पार्टीभित्रको द्वन्द्व अझ बढेको र त्यही कारण झण्डै १५ दिन देखि ओली दाहालबीचमा कुनै सम्वाद समेत हुन नसकेको अवस्था विद्यमान रहेको छ । पार्टीका तल्लो तहका नेताहरु दुवै पक्षलाई एकै ठाउँमा ल्याउन प्रयासरत रहेपनि दुवै पक्षमा रहेका केही नेताहरुकै कारण त्यसो हुन सकिरहेको छैन । नेकपाको विधान अनुसार बहुमत र अल्पमतका आधारमा कुनै निर्णय नभई दुवै अध्यक्षको सहमतिमा मात्र निर्णय गरिने उल्लेख गरिएको भएपनि दाहाल पक्षले प्र्रधानमन्त्री माथि विभिन्न आरोप लगाउँदै प्रस्तावका रुपमा प्रस्ताव सचिवालयमा दर्ता गराएपछि उक्त प्रस्तावलाई काउन्टर दिने प्रधानमन्त्रीले समेत अर्को प्रस्ताव तयारी गरि भोली १३ गते बस्ने भनिएको सचिवालय बैठकमा पेश गर्ने तयारी गरिरहनुभएको नेकपाको आन्तरिक द्वन्द्वले सहज रुपमा निकास पाउन सक्ने सम्क्भावना न्यून रहेको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सचिवालयमा दर्ता गर्ने काउन्टर प्रस्तावमा अर्का अध्यक्षले अहिलेसम्म गरेका काम कारबाही सरकारमाथि दिएको दबाबहरुका विषयहरु समेत उल्लेख हुने भएपछि दुवै अध्यक्षहरुको पोल खोलाखोल हुने भएको छ । कम्युनिष्ट पार्टीमा फलामको अनुसाशासन हुन्छ भन्ने गरिएपनि अहिले दुवै अध्यक्षले आ आफ्नो डम्फु बजाउनु र अध्यक्ष र वरिष्ठ नेताहरु मिलेर आफ्नै पार्टीका पहिलो नम्वरका अध्यक्षहरुमाथि संगीन आरोपहरु लगाउँदै प्रस्तावकै रुपमा त्यसलाई पेश गर्दै त्यस्तो प्रस्तावलाई छपाईनै गरेर तल्लो कमिटीहरुमा समेत पठाइएनुले प्रमाणि हुन्छ नेकपा विभाजनको डिलमा रहेको छ भनेर ।

































