सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई अध्यक्ष : को जाली,

429
shares

काठमाडौ । सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ । पार्टीका दुवै अध्यक्षहरु एकले अर्कोलाई तल्लो स्तरको गाली गलौजमा उत्रिएका मात्र छैनन् एकले अर्कोलाई जाली र महाजालीको उपमा समेत दिएका छन् । अहिलेको अवस्था हेर्दा अब केपी ओली र पुष्पकमल दाहाल एकै ठाउँमा बस्न सक्ने अवस्था देखिएको छैन । पार्टीको सचिवलाय बैठकमै पार्टीका अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि तल्लो स्तरको भाषामा उनीमाथि संगिन आरोपहरु समेत लगाउँदै आरोपपत्रलाई आफ्नो राजनीतिक प्रस्तावका रुपमा पेश गरेपछि दुवै अध्यक्षबीचमा ठुलो तिक्तता आएको छ ।

अध्यक्ष दाहालले अर्का अध्यक्षमाथि लगाएको आरोपपत्र फिर्ता लिनुपर्ने पार्टीकै नेताहरुले बताइरहेका बेला अध्यक्ष दाहालले सो आरोपत्रलाई छपाई गरेर आफ्नो पक्षका नेता तथा कार्यकर्ताहरुलाई मुलुकभरमै पठाएपछि विवादले अझ उग्ररुप लिन सक्ने सम्भावना समेत बढेको छ । सत्ताधारी दलको सचिवालयमा रहेका मध्येका ९ जना मध्येका ५ जना पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको सहमति र समर्थनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री माथि गत कार्तिक २८ गते संगीन आरोप लगाउँदै दाहालले १९ पेज लामो आरोपपत्र सचिवालमाय दर्ता गराएका थिए । सचिवालयमा त्यस्तो आरोपपत्रका बारेमा छलफल हुनुपर्ने अडानमा दाहाल सहितका नेताहरु रहेकाले मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफुमाथि लगाएका गम्भीर आरोपहरुको लिखित उत्तर दिने बताएपछि पार्टीको सचिवालय बैठक भोली मंसिर १३ गते अर्को बैठक बस्ने निर्णय गर्दै प्रधानमन्त्री ओलीलाई सोही बैठकमा आफ्नो प्रस्ताव राख्नु अनुमति दिएको थियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको जीवनमा दाहालले लगाएको जस्तो गम्भीर आरोप सायद आजसम्म लागेको थिएन होला । पार्टीका अध्यक्ष दाहालले बहुमतका आधारमा अब निर्णय लिइने भन्दै आफ्नो पक्षमा सचिवालय स्थायी कमिटी र केन्द्रीय समितिमा समेत बहुमत रहेकोले आफूले अर्का अध्यक्ष ओलमिाथि लगाएको आरोपत्र कुनै सर्तमा पनि फिर्ता नलिने बहुमतको निर्णयले जे निर्णय गर्दछ त्यसैअनुसार आफू अघि बढ्ने भन्दै ओलीमाथि लगाइएको आरोपपत्रलाई मुलुकभरमै पु¥याउने भएपछि हिजोसम्म दाहाललाई सहयोग र समर्थन गर्दै आउनुभएका पार्टीका वरिष्ठ नेता माधव नेपाल दाहालसँग रुष्ट बन्नुभएको छ । दाहाल तत्कालिन नेकपा एमालेभित्र रहेका गुट उपगुटहरु भित्र खेलेर आफ्नो स्वार्थ पूरा गराउने प्रयासमा लाग्नु भएकाले कहिले कसलाई लडाउने कहिले कसलाई उचाल्ने गर्दै आउनुभएकोमा अहिले सचिवालयमा प्रस्तुत गरिएको दाहालको आरोपपत्रलाई पार्टीको सबै तहका संगठनहरुमा पु¥याउनु भएकोमा नेता नेपाल रुष्ट बन्नु भएको र दाहालले तिनै नेपालसहितका अन्य केही नेताहरुको सहयोगमा पार्टी विभाजन गराउने खेल खेलेको आरोप लाग्दै आएकोमा नेपाल पक्ष अब दाहाल गुटलाई साथ नदिने पक्षमा पुगेको एक स्थायी समितिका सदस्यले बताएका छन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports