२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केही प्रदेशमा पानी परिरहेको छ भने मुलुकभरको अबस्था आज यस्तो रहला

702
shares

काठमाडौं ।देशका विभिन्न भागमा आज बिहानै बाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानका साथै वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports