बिराटनगर १३ मा राप्रपाका वडाध्यक्षमा यादव बिजयी
वि.सं.२०७९ जेठ ४ बुधवार ०९:०२
shares

विराटनगर ।विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार विजयी भएका छन् । राप्रपाका सूर्यलाल यादव ६२८ मत ल्याएर निर्वाचित भएका हुन् ।
बुधबार बिहान सार्वजनिक मत परिणामानुसार उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार अमोदकुमार झाले ५६९ मत प्राप्त गरे ।वडाध्यक्ष पदका अरू प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार किशोरकुमार पोखरेलले ५५८ र जनता समाजवादी पार्टी (जसपा)का झरिलाल महतोले ३८८ मत ल्याएका छन् ।






































