मुगुमा सबै जनप्रतिनिधिलाई शुक्रबार सपथ ग्रहण गराइने
वि.सं.२०७९ जेठ ५ बिहीवार १२:०३
shares

मुगु ।जिल्लाको एक नगरपालिका र ३ गाउँपालिकाकाको मतगणना सम्पन्न भई नतिजा समेत सार्वजनिक भइसकेको छ । चार वटै स्थानीय तहको नतिजा सार्वजनिक भएपछि सबै जनप्रतिनिधिलाई शुक्रबार सपथ ग्रहण गराइने मुगुका सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
शुक्रबार जिल्लाका नवनिर्वाचित छायानाथ रारा नगरपालिकाका मेयर, मुगम कार्मारोङ गाउँपलिकाका अध्यक्ष, खत्याड गाउँपालिकाका अध्यक्ष र सोरु गाउँपलिकाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत मुगुका न्यायाधीश पुण्य प्रसाद सापकोटाले सपथ ग्रहण गराउनेछन् ।
उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन् । निर्वाचित जनप्रतिनिधिलाई बिहीबार नै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।






































