प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जित्यो

832
shares

नवलपरासी ।नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित भएका हुन् ।

अर्यालले १४ हजार ८३८ ल्याउँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।

उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports