कांग्रेस र माओवादी सेटिङ्ग गरे : भट्टराई
वि.सं.२०७९ जेठ ५ बिहीवार १५:१४
shares

काठमाडौ । जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा दलहरुको गठबन्धन उपर्युक्त नभएको बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेपनि गठबन्धनमा रहेका केही दललाई मात्र फाइदा भएको बताउँदै भट्टराईले सबै दललाई फाइदा नभएको बताएका छन् ।
सत्ता गठबन्धनमा रहेका पाँच दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेर निर्वाचनमा गएका भएपनि कांग्रेस र माओवादी केन्द्रलाई मात्र फाइदा भएको छ ।
नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनको फाइदा उठाउन सकेको देखिएको छैन ।
स्थानीय तहको निर्वाचनमा स्थानीय तहका नेता कार्यकर्ता र जनता नै जानकार रहने भएपनि पाँच दलीय गठबन्धनले निर्णय गरेर उम्मेदवार र पालिकाहरुको भागवण्डा गरेका थिए ।
एकातिर पाँच दलीय गठबन्धन थियो भने अर्कातिर नेकपा एमालेले एक्लै निर्वाचन लडेको थियो । पाँच दलीय गठबन्धनले जितेका प्रायः सबै स्थानीय तहमा नेकपा एमालेका उम्मेदवारहरुले नै दोस्रो स्थानमा रहेका हुनाले नेकपा एमाले निकै बलियो अवस्थामा रहेको निर्वाचन परिणामले देखाएको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचन हुुनु अघि भन्ने गरेका थिए गठबन्धन नगरी एक्लाएक्लै निर्वाचनमा गएको खण्डमा सबै तहमा नेकपा एमालेले नै निर्वाचन जित्न सक्छ । उसलाई हराउन सकिने अवस्था छैन त्यही कारणले गर्दा गठबन्धनको आवश्यकता छ भनेका थिए । त्यो अहिले निर्वाचन परिणामले पुष्टि गरेको छ ।
डा. बाबुराम भट्टराईले भनेका छन् आफूँ पहिला देखि नै स्थानीय तहको निर्वाचनको लागि गठबन्धनको पक्षमा नरहेको भन्दै तर आफ्नो दल सहितका दलहरुले गठबन्धन गर्नुपर्ने निर्णय गरेका हुनाले आफूँ त्यसलाई स्वीकार गर्न बाध्य भएको बताएका छन् ।
डा. भट्टराईले गठबन्धनमा रहेका दुई दल नेपाली कांग्रेस र माआवादी केन्द्रले सेटिङ्ग गरेर दुई दलले मात्र फाइदा लिएको आरोप समेत लगाएका छन् ।
गठबन्धनमा रहेका दलका शिर्ष नेताहरुमाथि मिलेपनि स्थानीय तहमा स्थानीय तहका कार्यकर्ताहरु मिल्न नसकेको स्वीकार गर्दै डा. बाबुराम भट्टराईले भनेका छन आफूँ संघीय संसदको निर्वाचनमा भने गठबन्धनको पक्षमा रहेको बताएका छन् ।
डा. भट्टराई पहिला पनि कांग्रेसो सहयोगमा संघीय संसदको सदस्य बन्न सफल भएका र आउँदो मसिरमा हुने संघीय संसदको सदस्य बन्नका लागि फेरी गठबन्धनकै पक्षमा रहेका छन् ।
जसपाबाट उनी एक्लै लड्दा निर्वाचनमा उनको हार निश्चित रहेकाले गर्दा व्यक्तिगत स्वार्थका लागि उनले संघीय संसदको निर्वाचनमा गठबन्धन हुनुपर्ने बताएका छन् । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धन एकीकृत समाजवादी र जनता समाजवादीलाई भने अफावसिद्ध भएको छ ।





































