विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दलहरुको नालायकीपनकै कारण बालेन साहको अग्रता

546
shares

 

काठमाडौ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामले गर्दा राजनीतिक दलहरु प्रति जनताको आक्रोश बढ्दै गएको प्रष्ट रुपमै देखिएको छ । ७ सय ५३ वटै स्थानीय तहमा पहिलो पटक एकै चरणमा निर्वाचन सम्पन्न भएको छ । सानातिना समस्याहरु निर्वाचनका बेला देखिएपनि ठुला समस्याहरु कतै देखिएन ।
केही तहमा विभिन्न कारणले चुनाव स्थगित भएको भएपनि प्रायः सबै तहमा निर्वाचन सम्पन्न भै परिणाम समेत आएको छ अबको केही दिनभित्रैमा सबै परिणाम आउन सक्ने सम्भावना रहेको छ ।
यस पटकको निर्वाचनमा सबैको ध्यान काठमाडौ महानगर पालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार भएका बालेन साह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी मेयर पदको उम्मेदवार रहेको भरतपुर महानगरपालिकाले तानेको छ ।
राजनीतिक दलहरुको जनताप्रतिको उत्तरदायिविहिन अवस्थाले गर्दा मुलुकभर मै धेरै स्वतन्त्र उम्मेदवार निर्वाचनमा खडा भएका र केही उम्मेदवारहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई पराजित गर्दै विभिन्न पदमा विजय हाँसिल गरेका छन् ।
मुलुकका ठुला भनिएका राजनीतिक दलले जनतालाई २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दिएका आश्वासनहरु पूरा नगरेको हुनाले जनता दलहरुप्रति आक्रोशित भएर स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग र समर्थन गरेकै कारण उनीहरुले विजय प्राप्त गरेका हुन् ।
पाँच दलले पाँच दलीय गठबन्धन गरेर निर्वाचनमा गएका कारणले गर्दा पाँच दलीय गठबन्धनमा रहेका दलहरु मध्येका नेपाली कांग्रेस र माओवादी केन्द्रले बढी फाइदा लिएका छन् भने गठबन्धनमा रहेका अन्य दलहरु नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका लागि भने गठबन्धन फलिफाप हुन सकेन ।
गठबन्धनमा रहेका दलहरु मध्येका एकीकृत समाजवादी र जनता समाजवादीका अध्यक्षहरुले कांगे्रेस र माओवादी केन्द्रले आफूहरुलाई प्रयोगमात्र गरेको आरोप लगाईसकेका छन् भने उनीहरुले कांग्रेस र माओवादी केन्द्रले सेटिङ्ग गरेर आफूहरुले पाएको स्थानमा आफ्नो पार्टीलाई सहयोग नगरेको आरोप कांग्रेस र माओवादी केन्द्रलाई लगाएका छन् ।
एकातिर पाँच दलीय गठबन्धन हुनु अर्कोतिर नेकपा एमाले एक्लै निर्वाचनमा जानुको परिणाम कांग्रेस र माओवादी केन्द्रले बढी फाइदा लिन सकेको प्रष्ट भएको छ ।
पाँच दलीय गठबन्धनमा रहको दलहरु सरकारमा रहेका कारण केही स्थानमा सरकारले धाँधलीपूर्ण कार्य गरेर नतिजा आफ्नो पक्षमा पारेको छ ।
निर्वाचनका बेला प्रधानमन्त्री र मन्त्रीहरुले आ आफ्नो क्षेत्रमा पुगेर जनतालाई अनेक प्रकारका आश्वासनहरु दिएका थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले त आफ्नी छोरी रेनु दाहालले चुनावमा नजिते मुलुक फेरी अर्को दुर्घटनमा जाने धम्की समेत दिएका थिए । त्यही धम्कीले अहिले भरतपुरमा काम गरेको जस्तो देखिएको छ ।
राजनीतिक दलहरुले जनताको भावना विपरित टिकट वितरण गरेको कारण यसपटकको निर्वाचनमा जनताले काठमाडौ महानगर लगायत अन्य ठाउँमा समेत स्वतन्त्र उम्मेदवारहरुलाई मत दिएर विजयी गराएका छन् ।
दलका वडा तहमा उम्मेदवारहरुले जित हाँसिल गरेपनि त्यही दलबाट उठेका मेयर र उपमेयरका उम्मेदवारहरुले त्यस्ता वडाबाट निकै कम मात्रामा मत पाएका हुनाले मेयर÷उपमेयर, अध्यक्ष÷उपाध्यक्ष पराजित भएका छन् । एकातिर पाँच दलीय गठबन्धन निर्माण गरिनु अर्कोतर्फ नेकपा एमाले विभाजित हुनु र एमालेले पार्टी नै निर्माण भै नसकेको राप्रपा नेपाल र परिवाद दलसँग सहकार्य गर्नुको कुनै औचित्य नै थिएन ।
नेकपा एमालेले अहिले ल्याएको परिणामलाई राम्रै मान्नुपर्ने अवस्था देखिन्छ । पाँच दलीय गठबन्धनले विजयी हाँसिल गरेका प्रत्येक तहमा नेकपा एमाले दोस्रो स्थानमा रहेको छ भने उसले मुलुकभरमै पाएको मतसंख्या कांग्रेसको भन्दा बढी नै देखिन्छ त्यही कारणले भन्न सकिन्छ एमालेप्रति जनताको अझैपनि आकर्षण रहेको छ । तर केन्द्रीय तहमा बसेका नेताहरुबीचमै राम्रो सम्बन्ध हुन नसक्नु र टिकट वितरणमा समेत विवेक नपु¥याएकै कारण नेकपा एमाले केही खुम्चिनु परेको हो ।
पाँच दलीय गठबन्धनमा रहेका जुनसुकै दलका विजयी उम्मेदवारले पाएको मत पाँच दलीय साझा मत हो भने नेकपा एमालेले पाएको मत उसको आफनै मत हो किनकी एमाले एक्लै निर्वाचनमा गएको कारणले गर्दा ।
यस पटकको स्थानीय तहको निर्वाचन सबैभन्दा बढी फाइदा नेपाली कांगेसलाई भएको छ, त्यसैगरी केही फाइदा माओवादी केन्द्रलाई भएको भएपनि अन्य तीन दलले गठबन्धनको फाइदा उठाउन सकेनन् ।
नीति, सिद्धान्त र विचार नमिलेका पाँच दल एकै ठाउँमा उभिएर अहिले क्षणिक सफलता हाँसिल गरेका भएपनि पाँच दलीय गठबन्धन नै अप्राकृत्तिक गठबन्धन रहेको हुनाले यस्तो गठबन्धनको भविष्य सुरक्षित रहन सक्दैन । सत्ता स्वार्थका लागि गठबन्धन निर्माण गरिएको हुनाले उनीहरुले आफ्नो दलका नेता, कार्यकर्ता र शुभ चिन्तकहरुको अधिकार समेत खासेका छन् ।
त्यसैको परिणाम हो, स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दिनु । कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बनेका बागीहरुले समेत निर्वाचन जितेका छन् । एमालेमा समेत त्यस्तै भएको छ । दलहरुले नपात्याएपनि बागी उम्मेदवारहरुलाई जनताले पत्याएर विजयी गराईदिएका हुनाले अब सबै राजनीतिक दलहरुले सोच्नुपर्ने अवस्था देखिन्छ ।
राजनीतिक दलहरुका लागि स्वतन्त्र उम्मेदवारहरु भने चुनौती बनेका छन् । काठमाडौमा स्वतन्त्र उम्मेदवार बनेका बालेन साहले पाएको मत दलका कार्यकर्ताहरुकै मत हो । साहको नामै नसुनेका व्यक्तिहरुले समेत साहलाई मतदान गरेका छन् भने कांग्रेस र एमालेका मेयर पदका उम्मेदवारहरुले पाएको भन्दा दोब्बर भन्दा बढी मत पाएर काठमाडौ महानगरमा अग्रता लिईरहेका छन् ।
राजनीतिक दलहरुले जनतालाई झुठा आश्वासनहरु बाँडेका र बाँड्दै आएका हुनाले त्यस्ता झुठा आश्वासनहरुलाई जनताले विश्वास नगरेर दलहरुलाई सचेत गराउनैका लागि भएपनि स्वतन्त्र उम्मेदवारलाई मतदान गरेका हुन् । अब पनि राजनीतिक दलहरु नसच्चिने हो भने अर्को चुनावमा सयौं बालेन साह जन्मिन सक्ने सम्भावना रहेकाले दलहरुले सोच्नैपर्ने अवस्था आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports