kumari
stcnepal

च्यटाङबाट कसरि बच्न सकिन्छ र घरलाई कसरी सुरक्षित राख्ने ?

काठमाडौं ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ्बाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुने भन्दै यस बाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ । चट्याङ् ठूलो मात्राको विद्युतीय करेन्ट भएको भन्दै यस बाट जोखिन सकिने प्राधिकरणले जनाएको छ ।

घरहरुलाई धातुका सामग्री प्रयोगगरी चट्याङ्बा ट सुरक्षित गर्न सकिने प्राधिकरणको भनाइ छ । “तामा, आल्मुनियम तथा जीआई (फलाम)का रड घरको सबभन्दा अग्लो भागमा राख्नुपर्छ । सोही धातुका रड तथा पाता जोडेर जमिन सम्म पुर्याएर तामाको रड सँग जोडेर अर्थिङ गरेको खण्डमा धेरै हदसम्म हाम्रा घरहरु चट्याङ्बा ट जोगिन सक्छन्,” प्राधिकरणले भनेको छ ।

चट्याङ्बाट बच्न गड्यागुडुङ गरेका बेला घर बाट बाहिर निस्किन नहुने र निस्किसकेको भए घर अथाव सुरक्षित स्थानमा प्रवेश गर्न पनि प्राधिकरणले भनेको छ । विपद्बाट जोगिन चनाखो हुन र यसबारे चासो राख्न पनि प्राधिकरणको आग्रह छ ।

 

 

footer