२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मकवानपुरका नेकपा एमालेका नेता बद्रिप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारी बाट अलग भएको घोषणा

962
shares

काठमाडौं ।मकवानपुरमा नेकपा एमालेका नेता बद्रिप्रसाद लम्सालले पार्टीको सबै जिम्मेवारी बाट अलग भएको घोषणा गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार पराजयको नैतिक जिम्मेवारी लिंदै कुनै पनि जिम्मेवारीमा नरहने घोषणा गरेका हुन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामा र उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ चुनिएका थिए । लम्सालकै पालिका मकवानपुरगढीमा पनि अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

त्यसपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिल्ला नेतृत्वमा लामो समय देखि रहेको र निवर्तमान अध्यक्ष भएको साथै मेरो आफ्नो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि विजय गराउन नसकेकाले मैले यसको नैतिक जिम्मेवारी लिँदै पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराउँदछु ।’ लम्साल मकवानपुरको कार्यवाहक जिल्ला अध्यक्ष थिए । पछिल्लो जिल्ला अधिवेशनमा एकलाल श्रेष्ठलाई जिल्ला अध्यक्ष बनाएपछि उनी निष्कृय रहँदै आएका थिए ।

उनले पार्टीका नेताहरुबाट पटक–पटक धोका, अपमान, छलकपट भएको गुनासो पनि गरेका छन् । उनले लेखेका छन्, ‘अति नै चित्त दुखेर राजनीति प्रति नै वितृष्णा लागेर भारी मन बनाई बसीरहेको अवस्थामा स्थानीय तहको निर्वाचन आयो नेतृत्वले बेवास्ता गरेता पनि आफूले दुःख गरेर निर्माण गरेको पार्टी एमाले भएको हुँदा यसको मायाले र स्थानीय तहका साथीहरुको अनुरोधमा स्थानीय निर्वाचनमा मज्जाले खुल्ला दिलका साथ प्रचार प्रसार अभियानमा सहभागी भैयो तर वडामा मात्र जितियो पालिकामा विजयी गराउन सकिएन अति नै दुःख लागेको छ ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports