२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री एन्थोनी अल्बानिज बन्ने निश्चित, कन्जरभेटिभ पार्टीले हार स्वीकार

689
shares

काठमाडौं ।अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् । मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशक पछि सत्ता बाट बाहिरिने स्पष्ट संकेत देखिएको छ । झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी अल्बानिजले सिड्नीमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अष्ट्रेलियाली जनताले परिवर्तनका लागि मतदान गरेका छन् । यो विजय प्रति म आभारी छु ।’

‘मलाई लाग्छ मानिसले विभाजनको अनुभव बितेका वर्षमा गरे । उनीहरु अब एक राष्ट्रको रुपमा सँगै आउन चाहन्छन् र म त्यसलाई नेतृत्व गर्न चाहन्छु,’ उनले भने । त्यहाँको १५१ सदस्यीय तल्लो सदनमा लेबर पार्टीले आंशिक नतिजा अनुसार अहिले सम्म बहुमत भन्दा चार सिट कम अर्थात् ७२ सिट हासिल गरेको छ । प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा रहेको केन्द्रीय दक्षिणपन्थी गठबन्धनले अहिले सम्म ५१ सिट जितेको छ । हुलाक बाट प्राप्त मतगणना सकिएपछि निर्वाचनको अन्तिम नतिजा घोषणा हुने अपेक्षा गरिएको छ ।

मरिसन नेतृत्वको मध्यपन्थी गठबन्धनले नागरिकको जनजीविका, महामारी र जलवायु परिवर्तन जस्ता मुद्दाको कमजोर व्यवस्थापनको कारण आलोचना खेपिरहेको छ । सिड्नी बाट टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मरिसनले भने, ‘आज मैले प्रतिपक्षी दल र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानिज सँग कुराकानी गरें । चुनावको जितको मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

चुनाव बाट पराजित भए पनि आफू लिबरल दलको नेता रहिरहने मरिसनले उक्त सम्बोधनमा बताए । बीबीसीका अनुसार नयाँ प्रधानमन्त्री हुने तयारीमा रहेका अल्बानिजले सोमबार सपथ लिन सक्नेछन् । आफू प्रधानमन्त्री भए अष्ट्रेलियालाई नवीकरणीय ऊर्जाको महाशक्ति बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports