kumari
stcnepal

कस्तो होला आजको मौसम ?

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा र मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यता बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

footer