linktrix Long Ad
Salt Trading Long Ad

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा एमालेका केदारप्रसाद गुरागाईँ विजयी

611
shares

विराटनगर ।मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नवराज चापागाँई ११ हजार ३०० मत प्राप्त गरेका छन् ।

मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports