नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त
वि.सं.२०७९ जेठ ९ सोमवार १८:३२
shares

काठमाडौं ।नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई अषाढ १७ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । नबिल बैंकका सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि ढुंगानालाई सीईओमा नियुक्त गरेको हो । सीईओ शाहको कार्यकाल अषाढ दोस्रो साता सकिँदै छ ।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्दै छ । नबिल बैंकको सीईओमा ढुंगानालाई नियुक्त गर्ने र ढुंगाना नियुक्त भएको केही दिनमा नै एकीकृत कारोबार गर्ने तयारी रहेको छ । ढुंगानालाई सीईओ बनाउने सञ्चालक समितिको प्रस्तावलाई शनिबार सम्पन्न विशेष साधारणसभाले पारित गरेको छ ।
कुलिङ पिरियड सकिएको दोस्रो दिन देखि नै नबिल बैंकको सीईओ पदको कार्यभार सम्हाल्ने ढुंगानाले जानकारी दिए । उनले जुलाई १ तारिख अर्थात अषाढ १७ गते नबिल बैंकको सीईओ पद सम्हाल्ने छन् । ढुंगानाले नेपाल बङ्गलादेश बैंकमा रहेको बंगाली शेयर खरिद गराउनमा चौधरी ग्रुपलाई सहयोग गरेका थिए ।



































