kumari
stcnepal

पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको मसाल जुलुस

काठमाडौं ।पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।

सोमबार दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बाट मसाल जुलुस सहित प्रदर्शन गरेको हो ।

त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा एक लिटरमै २० रुपैयाँ मूल्य बढेको छ ।

 

 

footer