kumari
stcnepal

बिधुत महसुल घटने रे !

काठमाडौं । सरकारले ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ ।सरकारले विद्युतीय बस्तु खपत वृद्धि गर्नका लागि सो योजना अगाडि सारेको हो ।

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै विद्युतको महसुल घट्ने बताएकी हुन् ।

नयाँ २५ हजार घरमा विद्युत् दिइने

सरकारले आगामी आर्थिक वर्ष थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । यस्तै ७१५ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति पनि सरकारले लिएको छ ।

यस्तै नेपालमा भएका उद्योगहरुले भरतमा विक्री हुने भन्दा सस्तोमा विद्युत पाउने भएका छन् ।विदेश विक्री हुनेभन्दा औसत दर भन्दा कममा नेपाली उद्योगलाई विद्युत् पाउने भएका हुन् ।

 

 

footer