प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकप्रिय मतमा कांग्रेस भन्दा एमाले नै अगाडि, कसको कति ?

585
shares

काठमाडौं। बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा बढी सिट जिते पनि नेपाली कांग्रेस जनमतमा नेकपा एमालेभन्दा पछाडि परेको छ । निर्वाचन आयोगले चार पालिकाको मतगणनाको परिणाम सार्वजनिक गर्नुअघि सम्म कांग्रेसले एमाले भन्दा झण्डै एक लाख मत कम ल्याएको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धन बनाएर एमाले बिरुद्ध चुनावमा गएकोले कांग्रेसले पालिका प्रमुखमा भने एमाले भन्दा १ सय २२ सिट बढी जितेको छ भने उपप्रमुखमा ६४ सिट बढी जितेको छ । तर लोकप्रिय मतमा एमाले बरावर आउन नसकेको हो । बिगतको तुलनामा बढी भोट ल्याउनेमा पनि कांग्रेस एमाले भन्दा पछाडि नै परेको छ । निर्वाचन आयोगका अनुसार यसपटकको चुनावमा एमालेले ३८ लाख १ हजार ३ सय ४७ मत पाएको छ । यस्तै कांग्रेसले ३७ लाख २४ हजार ८ सय ९ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले १३ लाख ३७ हजार १ सय ६३ मत पाएको छ ।

यसअनुसार यसपटक पनि एमालेले कांग्रेस भन्दा ७६ हजार ५ सय ३८ भोट बढी ल्याएको छ भने माओवादी भन्दा एमालेको २४ लाख ६४ हजार १ सय ८४ भोट बढी आएको छ । यसपटकको चुनावमा एमालेले गत २०७४ सालको संसदीय निर्वाचनमा भन्दा ६ लाख २७ हजार ८ सय ५३ भोट बढाएको छ । यस्तै कांग्रेसले ५ लाख ९६ हजार ४ सय २० भोट र माओवादीले ३३ हजार ४ सय ४२ भोट बढाएको छ । गत निर्वाचनयता भोट बढाउनेमा पनि एमाले नै पहिलो बनेको हो ।

यस्तै एमाले बाट अलग भई बनेको नेकपा एकीकृत समाजवादीले ४ लाख ३७ हजार ८ सय ३५ मत पाएको छ । नेकपा एसले आफ्नो संगठित सदस्य नै ११ लाख कटाएको दावी गरिरहेको बेला मत भने यत्ति मात्रै पाएको हो । यस्तै जनता समाजवादी पार्टीले ५ लाख ५२ हजार ५ सय ८५ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ लाख २६ हजार ८ सय ६७ मत पाएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ४२ हजार ७ सय ८२ मत पाएको छ ।

एमाले : ३८,०१,३४७
कांग्रेस : ३७,२४,८०९
माओवादी : १३,३७,१६३
जसपा : ५,५२,५८५
नेकपा एस : ४,३७,८३५
राप्रपा : ३,४२,७८२
लोसपा : २,२६,८६७

यो तथ्यांकले पपुलर मतमा एमाले घटेको होइन, बढेको देखिन्छ । एमालेले २०७४ सालमा समानुपातिक तर्फ प्राप्त मत ३१ लाख ७३ हजार ४ सय ९४ थियो । यसरी हेर्दा एमालेको मत २०७४ सालको प्रतिनिधिसभाको तुलनामा ६ लाख १३ हजार १ सय ५६ मत बढेको देखिन्छ । २०७४ को प्रतिनिधिसभामा एमालेले प्राप्त गरेको समानुपातिक मतको तुलनामा यो १९.३२ प्रतिशतले बढी हो ।

प्रतिनिधिसभाको २०७४ सालको निर्वाचनको भन्दा अहिले १५.९ प्रतिशतले मतदाता बढेका छन । निर्वाचन आयोगको ‘निर्वाचन परिणाम पुस्तक २०७४’ को तथ्यांक अनुसार प्रतिनिधिसभा निर्वाचन २०७४ मा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ रहेको थियो । सो निर्वाचनमा ६८.६७ प्रतिशत अर्थात् १ करोड ५ लाख ९३ हजार ९ सय ७१ मत खसेको थियो । वैशाख ३० गतेको स्थानीय निर्वाचनमा मतदान गर्न योग्य मतदाताको संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ रहेको थियो । जसमध्ये यो निर्वाचनमा जम्मा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यसलाई आधार मान्दा अहिलेको स्थानीय तह निर्वाचनमा कूल खसेको मत संख्या १ करोड १३ लाख ४९ हजार ५ सय ८२ हुन आउँछ । यो भनेको खसेको मतको वृद्धि प्रतिशत ७.१३ हो अर्थात २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भन्दा ७ लाख ५५ हजार ६ सय ११ बढी मत अहिले खस्यो । २०७४ को तुलनामा मतदाताको संख्या १४.९५ प्रतिशत अर्थात् २३ लाख ५ हजार ७८५ ले वृद्धि भए पनि ६४ प्रतिशत मतदाताले मात्रै भोट हाल्दा खसेको भोटको वृद्धिदर थोरै भएको हो ।

यसरी दुई निर्वाचनमा खसेको मतको तुलना गर्दा एमालेको मत भने १९.३२ प्रतिशतले बढेको छ । यसमा खसेको मतको वृद्धिदर ७.१३ प्रतिशत घटाउँदा एमालेको मत १२.१९ प्रतिशतले वृद्धि भएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports