प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनले कटाए ६१ हजार, अब ७०० मत गन्न बाँकी

585
shares

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।यहाँ ७०० मत गन्न बाँकी रहँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले ६१ हजार ३९० मत ल्याएका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार १८७ मत ल्याएकी छन् । उनले सत्ता गठबन्धनका तर्फ बाट उम्मेदवारी दिएकी थिइन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापित ३७ हजार ९४४ मत सहित तेस्रो स्थानमा छन् ।

यता, उपमेयरमा सुनिता डंगोलले ६८ हजार मत कटाएकी छन् । उनले ६८ हजार २९० मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठ निकै पछि छन् । उनले २३ हजार ६६१ मत ल्याएका छन् ।

मतको अन्तरका आधारमा मेयरमा बालेन र उपमेयरमा सुनिता विजयी भए पनि मतगणना नसकिएकाले घोषणा हुन बाँकी छ । भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports