सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मर्न तयार रे तर नझुक्ने रे दाहाल !

533
shares

काठमाडौ । नेकपा पुष्पकमल दाहाल, माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंकुशता लादेर मुलुकलाई अँध्यारो सुरुङ्गमा हाल्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन् । अध्यक्ष दाहालले यसको संकेतको रुपमा सेटिङ्गको कुरा सुनिन थालेको बताएका छन् । दाहालका अनुसार निकै ठुलो षड्यन्त्र भईरहेको छ भन्दै इतिहासलाई पुरै धकेल्ने घुमाएर निरंकुशताको ठाउँमा पु¥याएर देशलाई अध्याँरोमा हाल्ने षड्यन्त्र भईरहेको भन्दै त्यसलाई असफल बनाउन अब आन्दोलन बाहेकको अर्को विकल्प नभएको बताएका छन् । अध्यक्ष दाहालले गत आइतबार आफ्नो पक्षका विद्यार्थीहरु संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले निर्वाचन आयोगमा पनि राजनीतिक निर्णय हुनुपर्दछ भनि प्रधानमन्त्री ओलीले बोलिरहेको भएपनि आफूहरुको अदालत र निर्वाचन आयोगप्रति विश्वास रहेको बताएका थिए । तिनै दाहालले केही दिन पहिला सर्बोच्च अदालतको सम्वैधानिक इजलासले प्रतिनिधिसभा पुर्नस्थापना नगरेको खण्डमा आफूहरुले आँधिबेहरी ल्याउने भन्दै अप्रत्यक्ष रुपमा अदालतलाई धम्क्याएका थिए ।

दाहालले अहिले ओली र ओली पक्षीय नेताहरुले नै अदालतलाई धम्क्याउँदै हिडेको आरोपसमेत लगाउँदै आएका छन् भने अर्कोतर्फ प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षले अदालत राष्ट्रपति र निर्वाचन आयोगलाई धम्क्याउँदै उनीहरुका विरुद्ध जे पायो त्यही बोल्दै हिडेको आरोप लगाउँदै आएका छन् । नेकपाको अनौपचारिक विभाजनपछि दुवै पक्षबाट एकले अर्कोलाई तल्लो स्तरको शब्द प्रयोग गरी आरोप प्रत्यारोप लगाईरहेका छन् । पार्टी औपचारिक रुपमा विभाजित समेत भईनसकेको अवस्थामा दुवै पक्षबाट यस्ता तल्लो स्तरका शब्दहरु प्रयोग गरी एकले अर्कोमाथि आरोप प्रत्यारोप लगाउनुले पार्टी औपचारिक विभाजन पछि उग्र रुप लिन सक्ने सम्भावना समेत देखिएको छ ।

अध्यक्ष दाहालले विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफूहरु आक्रमक हुनुपर्ने बताउन थालेका छन् । हिजो पनि हामीहरु मर्न हिँडेका हौँ, अहिले जरुरी पर्दछ भने मर्न तयार छौँ तर झुक्न तयार छैनौँ भनेर दाहालले धम्क्याउन थालेका छन् । तत्कालिन माओवादीले चलाएको १० वर्षे जनयुद्धमा झण्डै १७ हजार नेपाली जनताको हत्या गरिएको थियो । मुलुकले अब फेरी अर्को आन्दोलन थेग्न सक्दैन । दाहाल नेपालले नै पटक पटक भन्दै आएका थिए राजनीतिका लागि आन्दोलनको आवश्यकता छैन । आर्थिक क्रान्ति अहिलेको आवश्यकता हो भनेर । तर अहिले व्यक्तिगत स्वार्थ पूरा भएन भनेर फेरी सोझा साझा जनतालाई सडकमा ल्याएर आन्दोलनको धम्की दिन किमार्थ उचित हुन सक्दैन । कसैलाई सत्तामा पु¥याईदिन जनताले किन आन्दोलन गर्ने ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports