विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीले नै लिपुलेक र कालापानीको नक्सा सहितको पुस्तक रोक्नुभयो : पूर्वशिक्षामन्त्री पोखरेल

559
shares

काठमाडौं ।पूर्व शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले लिपुलेक र कालापानीको नक्सा सहितको पुस्तक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै रोकेको बताएका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै उनले ओलीले राष्ट्रियता बारे लामो ब्याख्या दिए पनि विगतमा आफैं प्रधानमन्त्री हुँदा लिपुलेक र कालापानी सम्बन्धी पुस्तक सार्वजनिक गर्न रोक लगाएको बताएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । ‘यो सदनमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले राष्ट्रियता र प्रजातन्त्र बारे लामो ब्याख्या गर्नुभयो, मैले सुनिरहेँ’ उनले भने, ‘…म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक र कालापानी सम्बन्धी पुस्तक उहाँले रोक लगाउनुभयो । एउटा कार्यदल बनाउनुभयो । एक पटक पनि बैठक राख्नुभएन । किताब किन रोक्नुभयो जवाफ पनि दिनुभएन । प्रजातन्त्र र राष्ट्रियताको कठघरामा तपाईं पनि हुनुहुन्छ ।’ नेता पोखरेलले राष्ट्रियता र कुटनीतिलाई राजनीतिक दाउपेचको विषय बनाउन नहुने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports