प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसके : नेता लक्ष्मणलाल कर्ण

975
shares

काठमाडौं ।लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।

शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।

‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्‍यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ?’ उनले भने, ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् । कसले कमाइरहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरु । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ । नभए त शहर जहाँ छ, त्यहाँ बनाइसके पाँच वर्षमा । के गर्‍या छ प्रमुख उपप्रमुखले ?’

स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे । ‘यसतर्फ हामीले रिभ्यू गर्नुपर्ने, कसरी सहज बनाउने पद्धति कि उसले (पदाधिकारी) काम गर्न सकोस् ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports