नागरिका दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिन्छ : प्रधानमन्त्री
वि.सं.२०७९ जेठ १४ शनिवार २०:४३
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पुरुष सँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने कानुनी व्यवस्था नगर्ने संकेत गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम माथि उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले दलहरु सँग छलफल गरेर नागरिकता वियेधक ल्याइने बताए । नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसक्नु ठूलो अन्याय भएको भन्दै उनले भने, ‘यस सम्बन्धमा छलफल सहमति गराएर दिने पक्षमा छौं ।’
तर राज्य व्यवस्था समितिले प्रस्ताव गरे अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिका दिने व्यवस्था गर्न राष्ट्रिय सहमति चाहिने बताए ।
‘बिहे गरेको ७ वर्षपछि कि ५ वर्षपछि भन्ने सम्बन्धमा राष्ट्रिय सहमति चाहिन्छ,’ प्रधानमन्त्री देउवाले अघि भने, ‘अहिले बिहे गरेको भोलिपल्ट नागरिक हुन पाउने छ । त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ । कहिले ७ वर्ष भनेको छ, कहिले ५ वर्ष त कहिले ३ वर्ष भनेको छ । हचुवा किसिमले ल्याउने कुरा भएन ।’




































