एक चीन नीतिप्रति नेपाल दृढ रहेको छ : प्रधानमन्त्री
वि.सं.२०७९ जेठ १४ शनिवार २०:४६
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘छिमेकी मुलुक विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन सरकार सचेत छ ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीति माथि प्रश्न उठाएका थिए । ओलीको प्रश्नतर्फ संकेत गर्दै देउवाले चीन विरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएको बेला रोक लगाएको दावी गरे ।
प्राधनमन्त्री देउवाले बीआरआई लगायतका सहायता प्राप्त गर्ने सम्बन्धमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका अधारमा निर्धारण हुने भएकाले नेपाल सरकारले बुद्धिमत्तापूर्ण ढंगले यस्ता विषयमा निर्णय गर्ने बताए । उनले भने, ‘यसका निम्ति सबै पार्टीहरु सँग सरसल्लाह गरिनेछ ।






































