विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुखद्धारा बिभिन्न समितिहरूमा हेरफेर, को कुन समितिमा ?

585
shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समिति र संसदीय समितिका सदस्यहरूको हेरफेर र पदस्थापन गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा सदस्यहरूको चयन र मातहतका संसदीय समितिका सदस्यको हेरफेर गरेका हुन् ।

जसअनुसार सभामुखले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य बनाएका छन् । ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बस्न चाहेकाले उनलाई त्यसमा राखिएको बताइएको छ । सांसदहरूलाई भने सभामुखले संसदीय दलले पठाएको नाम अनुसार राखेका हुन् । ओली यसअघि प्रधानमन्त्री भएकाले संसदीय समितिमा सांसदका रूपमा थिएनन् । प्रधानमन्त्री सबै समितिमा पदेन सदस्य हुने व्यवस्था थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता भएपछि उनलाई सभामुखले अन्तर्राष्ट्रिय सम्बन्ध समिति छनोट गरेका हुन् । सभामुखले प्रतिनिधिसभाको कार्यव्यवस्था समितिमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, कृष्णभक्त पोखरेल, खगराज अधिकारी र शेरबहादुर तामाङ लगेका छन् ।

कार्यव्यवस्थामा कांग्रेसका सचेतक पुष्पा भुसाल, राजेन्द्र केसी र बहादुरसिं लामा तामाङ रहेका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक रामकुमारी चौधरी र रेखा शर्मा, एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ, जसापका प्रमोद साह र लोसपाका उमाशंकर अरगरिया कार्यव्यवस्था परामर्श समितिमा रहेका छन् ।

समितिमा सांसदहरूको नाम र चयन

विष्णु पौडेल, अर्थ समिति

हृदयेश त्रिपाठी, अर्थ समिति

मिनेन्द्र रिजाल, अर्थ समिति

केपी शर्मा ओली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

ईश्वर पोखरेल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रदीप ज्ञवाली, अन्तर्राष्ट्रिय सम्बन्ध समिति

लिलानाथ श्रेष्ठ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

नवराज राउत, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

जुली महतो, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

भानुभक्त ढकाल, कानून, न्याय तथा मानव अधिकार समिति

पार्वत गुरुङ, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

कृष्णगोपाल श्रेष्ठ, राज्यव्यवस्था तथा सुशासन समिति

वसन्त नेम्वाङ, विकास तथा प्रविधि समित

पद्मा अर्याल, विकास तथा प्रविधि समिति

जगत सुनुवार, शिक्षा तथा स्वास्थ्य समिति

शिवमाया तुम्वाहाम्फे, सार्वजनिक लेखा समिति

गणेशसिंह ठगुन्ना, सार्वजनिक लेखा समिति

उमाशंकर अरगरिया, कानुन समितिबाट उद्योग समिति

विमला विक, महिला समितिबाट कानुन समिति

रामकुमारी चौधरी, कानुन समितिबाट कृषि समित

खगराज अधिकारी, शिक्षा समितिबाट राज्यव्यवस्था समिति

शक्ति बस्नेत, कृषि समितिबाट राज्यव्यवस्था समिति

हरिराज अधिकारी, अर्थ समितिबाट राज्यव्यवस्था समिति

शान्ता चौधरी कृषि, समितिबाट विकास समिति

विद्या भट्टराई, शिक्षा समितिबाट विकास समिति

दामोदर भण्डारी, राज्यव्यवस्था समितिबाट लेखा समिति

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports