विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

क्यानले यू–१९ महिला विश्वकप छनोट खेल्ने नेपाली टोलीको विदाई गर्यो

858
shares

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीलाई मंगलबार विदाई गरेको छ । नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ । मलेसियाको क्वालालम्पुरमा जेठ २० देखि २६ सम्म छनोट प्रतियोगिता हुँदैछ ।

१४ जना खेलाडी र प्रशिक्षक महेश रिजाल सहित चारजना अफिसियललाई क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल लगायतले विदाई गरेका हुन् । टिमको सहायक प्रशिक्षक रिजन प्रजु, म्यानेजर माया ज्ञवाली र फिजियोका रुपमा नेहा शाह नेपाली टिम सँगै हुनेछन् । आईसीसीले पहिलोपल्ट आयोजना गर्न लागेको महिला यू–१९ विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ । एसिया छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकप खेल्न पाउनेछ ।

एसिया छनोटमा नेपाल सँगै भुटान, मलेसिया, कतार, युएई र थाइल्याण्ड छन् । नेपालले आफ्नो पहिलो खेल जेठ २० मा कतार सँग खेल्नेछ । जेठ २१ गते युएई, २३ गते भुटान, २४ गते थाइल्याण्ड र २६ गते आयोजक मलेसिया सँग खेल्दैछ । राउण्ड रोविन प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छानिनेछ । नेपाली टाेली करिव एक महिना देखि प्रशिक्षणरत छ ।

नेपाली टिमः कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), शृष्टी जैसी, मनिषा उपाध्याय, मनिषा रानामगर, एलिशा यादव, सना प्रवीण, रञ्जु श्रेष्ठ, आश्मा पुलामी मगर, सानु राजवंशी, किरण कुँवर, अन्जली विक, अनु कठायत र सुस्मिता भुसाल ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports