अमेरिकका राष्ट्रपतिको निमन्त्रणामा प्रधानमन्त्री देउवा अमेरिका जाने
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:२४
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा भ्रमणमा जान लागेका हुन् । अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भए पनि यही जेठ २८ गते देखि भ्रमण हुने तयारी छ । दुवै तर्फ बाट भ्रमणका एजेन्डाका विषयमा काम भइरहेको छ ।
बालुवाटार स्रोतले प्रधानमन्त्रीको भ्रमण तयारी बारे पुष्टि गर्दै मिति भने निश्चित नभइसकेको बतायो । परराष्ट्र मन्त्रालयमा पनि भ्रमणका एजेन्डाका विषयमा तयारी भइरहेको छ । प्रधानमन्त्रीकै रूपमा देउवाले ०५९ वैशाख २३–२८ मा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपाल बाट उच्चस्तरको अमेरिका भ्रमण भएको छैन । अहिले नेपाल–अमेरिका मैत्री सम्बन्धको ७५औँ वर्षगाँठका अवसरमा उनले अमेरिकाको भ्रमण गर्न लागेका हु्न् ।





































